सर्लाही । पुर्व पश्चीम लोकमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका ११ मा बसको ठक्करबाट ३ जना मोटरसाईकल चालक घाइते भएका छन् ।
बागमती नगरपालिका ११ स्थित पुतलीचोक नजिकै पश्चीमबाट पुर्व तर्फ आउँदै गरेको बसको ठक्करबाट दुई वटा मोटरसाइकलका चालक र पछाडी सवार एक जना गरि तीन जना घाइते भएका हुन् ।
ना ६ ख ४८०४ नम्बरको बसको ठक्करबाट ना ४८ प ६०१० र ना ४६ प ९३०९ नम्बरको मोटरसाईकल चालक र पछाडी सवार एकजना गरि तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
ठक्कर दिने बस दुर्घटना स्थलबाट भागेपनि हरिवन नगरपालिका ९ स्थित नयाँ रोडमा प्रहरीले नियन्त्रणमा लिएको तर बसका चालक फरार भएका प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो करिब ४ः ५० बजे पश्चीमबाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ४८०४ नम्बरको बसले पुर्वबाट पश्चीम तर्फ जाँदै गरेको ना ४८ प ६०१० र ना ४६ प ९३०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट ना ४८ प ६०१० नम्बरको मोटरसाईकलका चालक वीरगन्ज महानगरपालिका २५ का अन्दाजी वर्ष २३ का सुरज बाबु पटेल र सोही मोटरसाईकलमा सवार वीरगन्ज महानगरपालिका ११ का अन्दाजी वर्ष २२ का विक्रान्त तिवारी घाइते भएका छन् ।
त्यसैगरी ना ४६ प ९३०९ नम्बरको मोटरसाईकलका चालक लालबन्दी नगरपालिका ६ का अन्जादी वर्ष ३० का ध्रुव थापा घाइते भएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए ।
उनका अनुसार घाइते तीनै जनाको बागमती कै स्थानिय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ । उनीहरुको अवस्था अहिले मध्याम रहेको प्रहरीले जनाएको छ ।




