सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका – ६ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका ६ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत कालीन्जोर पुल नजिक भएको दुर्घटनामा दुई जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।
लालबन्दीबाट रानिगन्ज तर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गौशला न पा ११ का श्रबन कूमार महतो मोटरसाईकलमा पछाडी सवार श्रबनका भतिज बिक्रम कुमार महतोको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
ट्रक चालक सुनसरी जिल्ला ईटहरी १० बस्ने बर्ष ३४ को जितेन्द्र चौधरी र ट्रक ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।




