सर्लाही । सर्लाहीको जुटपानीमा बुधबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकलमा सबार दुईजना गम्भिर घाईते भएका छन् । दक्षिणबाट उत्तर तर्फ आईरहेको ना ६ ख १३४९ नम्बरको ट्रकले घुर्कौलीबाट नहरको बाटो हुँदै नवलपुर–मलंगवा सडकखण्डमा निस्कँदै गरेको ना ३० प ३४६६ नम्बरको मोटरसाईकललाई बिहान साँढे ७ बजे लालबन्दी नगरपालिका–२, जुटपानीमा ठक्कर दिएको हो ।
दुर्घटनामा परी मोटरसाईकलमा सबार हरिवन नगरपालिका–१० निवासी २० वर्षीय सुक बहादुर रोकाया र ३८ वर्षीय वीरबहादुर स्याङ्बो गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । दुवैजना गम्भिर घाईते भएकाले मोटरसाईकल चालक को थियो भन्ने एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाईते दुवैजनालाई लालबन्दी स्थित मोडेल अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हरिवनको सुर्तिविकास चौरमा ओर्लिएको मनाङ एयरको हेलिकप्टरबाट घाईते दुवै जनालाई काठमाडौं लगिएको हो । ठक्कर दिने ट्रक नियन्त्रणमा लिईएको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






