सर्लाही । पुर्वपश्चिम राजमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ मा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पुर्वबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२४ च ५७४९ नम्बरको कार पुर्व पश्चिम राजमार्गको लालबन्दी नगरपालिका ६ स्थित ईलाका प्रहरी कार्यालय लालबन्दी नजिकै अचानक रोकिराखेको ना १ क ८११० नम्बरको टिपरमा कार ठोक्किँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा हरिवन नःपा ३ बस्ने वर्ष २८ का उपेन्द्र महतोको टाउको र हातमा चोट लागेको छ । त्यस्तै सोही ठाउँ बस्ने वर्ष ३८ का सन्जिब मुक्तानको टाउकोमा चोट र हरिवन नःपा ११ बस्ने वर्ष २८ को निशा थापाको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई लालबन्दी सामान्य उपचार पछि थप उपचारका लागी काठमाडौं रिफर गरियको छ । टिपर बनाउन ग्यारेज अगाडि रोकेर राखेको ठाउँमा विपरित दिशामा गएर कार टिपरमा ठोक्किँएको हो । के कारणले सडक भन्दा बाहिर गएर रोकिराखेको टिपरसँग कार ठोक्किँयो भन्ने विषयमा अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ ।




