रौतहट । रौतहटको चन्द्रनिगाहपुर चौकमा एकै नम्बर भएका दुई वटा ई-रिक्सा फेला परेको छ । ट्रेस ईन्टनेशनल वीरगंज मुख्य कार्यलय रहेको कम्पनीको शाखा चन्द्रपुरले बिक्रि गरेको ई-रिक्सामा एकै नम्बरका दुई ई-रिक्सा फेला परेको हो ।
चन्द्रनिगाहपुरमा गुडिरहेको प्र २ –०३ ००१ ह ७५० नम्बरको दुई वटा ई-रिक्सा फेला परेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको छ । ट्रेस ईन्टनेशनलले चन्द्रपुरमा एकै नम्बरका दुई ई-रिक्सा धेरै नै भित्रिएको हुन सक्ने आशंका गरिएको छ ।




