वीरगंज । पटेर्वासुगौली गाउँपालिका-५ निचुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको घटनास्थलमा मृत्यु भएको छ । मोटरसाइकल चलाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
वीरगंज महानगरपालिका १ छपकैया निवासी जयनाथ सिंहका १६ वर्षीय छोरा राहुल सिंह मामाघर पटेर्वासुगौली गापा ५ निचुटा आएका थिए । त्यसैक्रममा उनले ना १८प ४०२८ नम्बरको मोटरसाइकल चलाउने क्रममा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो ।




