रौतहट । रौतहट जिल्लाको चन्द्रपुर १ मा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएपछि आक्रोशीत पिडितले ट्रकमा आगजनी गरेका छन् । पुर्व तर्फजाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करबाट चन्द्रपुर १ की बिमला कुमारी बिमलीको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रकले जानि जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका हुन् । ट्रकका चालक फरार रहेका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आगजनी भएको ट्रकको आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको वरुणयन्त्रलाई समेत स्थानियले तोडफोड गरेका छन् । दोषि चालकलाई हँदैसम्मको कार्वाहिको माग राख्दै पिडित परिवार र स्थानियले केही समय सडक बन्द गरेका थिए ।




