सर्लाही । सर्लाहीको बरहथवामा भएको मोटरसाइकल दुर्घटनामा एक पत्रकारको ज्यान गएको छ । शनिबार साझ बरहथवा–मधुवनी सडक अन्तरगत बरहथवा नगरपालिका–८, टाँडी स्थित गर्जन्हा पुलमा भएको मोटरसाइकल दुर्घटना एक युवकको ज्यान गएको हो ।
दुर्घटनामा धन्कौल गाउँपालिका–४, महिनाथपुर निवासी २१ वर्षिय अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । केहि समय यता यादव पत्रकारितामा सकृय रहँदै आएका थिए ।
शनिबार पनि रिर्पोटिङकै क्रममा बागमतीबाट फर्कदै गर्दा उनी सवार मधेश प्रदेश ०३–०८ प ७४९६ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट आउँदै गरेको भारतिय नम्बर प्लेट बिआर ३० एक्स ८९८८ नम्बरको मोटरसाइकले ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका उनलाई न्युरो अस्पताल कलैया पुर्याईएको थियो । पत्रकार यादवको उपचारकै क्रममा आइतबार दिउसो वीरगञ्ज स्थित एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो ।
उनी सवार मोटरसाइकल चालक धन्कौल–४, महिनाथपुर निवासी २७ वर्षका रुपेश यादव र ८९८८ नम्बरको मोटरसाइकलका चालक ३७ वर्षका रामजनक चौधरी सामान्य घाइते भएका थिए । उनीहरु दुवै जना स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात घर फर्किसकेका छन् ।
उनी प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका कार्यसमिति सदस्य समेत हुन् । पत्रकार यादव केही समय देखी सर्लाहीबाट मधेश पार्टी अनलाईनमा काम गरिरहेका थिए ।




