काठमाडौं । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कोरोना भाइरस संक्रमण रोकथामका लागि १० बुँदे निषेधाज्ञा जारी गरेका छन् । वैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलवारको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ । निषेधाज्ञाको बर्खिलाप कामकारवाही गरेमा कानून बमोजिम कारवाही हुने आदेशमा उल्लेख छ ।







