बारा । बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका १६ बाराकिलोस्थित पुर्वपश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
निजगढबाट पथलैया जाँदै गरेको प्र.न. ३-०३-००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न. ३-०१०-२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिएको हो ।
दुर्घटनाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका ११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि सामुदायिक प्रसुति अस्पताल निजगढ लगिएकोमा उपचारको क्रममा सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ । उनको उपचार भइरहेको छ । यस्तै पिकअप गाडी काभ्रे नमोबुद्ध नगरपालिका २ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




