सर्लाही । गोडैता नगरपालिका ८, सिसौटियामा गएराति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका चालक गोडैता नगरपालिका ७, का ४० वर्षीय अशेश्वर पटेल र सह-चालक गोडैता नगरपालिका ८, का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो ।
चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गोडैता नगरपालिका ८ बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका ८ बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते छन् । उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




