सिमरा । सिमराको जगदम्बा स्टिल भित्र ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका सिमरा बस्ने सर सफाईकर्मी उज्ज्वल कार्की रहेको बारा प्रहरीले जनाएको छ ।
कार्की एक जना साथीसँगै ट्रक भन्दा केही पर आराम गरिरहेको समयमा प्रदेश ०२-०३-००१ ख ५९६ नम्बरको लहरी ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
चालक र ट्रकलाई नियन्त्रणमा लिइएको र घटना बारे थप अनुसन्धान भइरहेको सिमरा प्रहरीले जनाएको छ ।




