धनुषा । जनकपुर–जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो । मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन । घटनास्थल पुगेर मुचुल्का गरिरहेको प्रहरीले जनाएको छ ।




