सिरहा । सिरहाको औरही गाउँपालिका २ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्याक्टर पल्टिँदा काका भतिजाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ट्याक्टरको इन्जिनमा च्याम्पिएर दुवै जनाको घटना स्थलमानै मृत्यु भएको हो ।
यस्तै, ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् । दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




