बारा । बारामा ५३ तोला चाँदीसहित दुई जना पक्राउ परेका छन् । जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट करिव १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानरपालिका ५ बस्ने ३५ वर्षीय गुजराज विक र ईटहरी नगरपालिका ३ बस्ने २४ वर्षीय बद्री विक रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०२-०२७ प १८५१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा फर्जी विल भएको उक्त गरगहनासहित फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट चाँदीको लकेट २२ थान, औंठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




