बारा । बारा प्रहरीले भारतीय नागरिक अजीतकुमार सिंहलाई गोली हानी हत्या गरी फरार रहेको कसूरमा भारतीय नागरिक २२ वर्षीय रूपेशकुमार महतोलाई पक्राउ गरेको जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले गोली प्रहार गरी फरार रहेको कसूरमा भारत निवासी २२ वर्षीय रूपेशकुमार महतोलाई पक्राउ गरिएको बताए ।
गत असोज ९ गते साँझ बारा, पचरौता नगरपालिका ६ नेपाल–भारत सीमाको लक्ष्मीनियास्थित पोखरीनिर भारत, मोतीहारी निवासी २२ वर्षीय अजीतकुमार सिंह माथि गोली प्रहार भएको थियो ।
यस्तै उनले पक्राउ परेका महतोलाई बारा जिल्ला अदालतमा पेश गरिएको समेत जानकारी दिएका छन् ।




