रौतहट । पर्साबाट जनकपुर जाने क्रममा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिंदा दुई जना घाइते भएका छन् । एम्बुलेन्सको ठक्करबाट दम्पती घाइते भएका हुन् ।
पटेर्वासुगौली गाउँपालिका ३ सोनवर्षा निवासी मुन्ना तिवारी र उनकी पत्नी गुडिया देवी मोटरसाइकलमा जाने क्रममा रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिका ५ टिकुलिया सडकखण्डमा एम्बुलेन्सले ठक्कर दिँदा घाइते भएका हुन् ।
कटहरिया नगरपालिकाको प्रदेश २–०२–००१ फ ०१४८ नम्बरको एम्बुलेन्सले प्रदेश ०२–००१–२४३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तिवारी दम्पती घाइते भएपछि दुवैको सूर्य हस्पिटल, वीरगंजमा उपचार भइरहेको छ ।




