धनुषा । धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका २३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।
धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा २ प ७६० नम्बरको बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो । बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




