रौतहट । रौतहटको इशनाथ नगरपालिका १ जानपुलबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । सोमबार राति १० लाख रूपैयाँसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका ३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र-३-०१-०२३ च ५३८५ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरिएको जनाइएको छ ।




