बारा । सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरबाट हिजो दिउँसो इलाका प्रहरी कार्यालय, सिम्रौनगढले नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
इप्रका, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राई नेतृत्वको टोलीले महागढीमाई नपा–९ कञ्चनपुर निवासी रामविनय सहनीलाई नक्कली भारु र ८ हजार नेरु नोटसहित पक्राउ गरेको थियो ।
भारतीय नम्बरको मोटरसाइकलमा सवार उनलाई सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरमा चेकजाँच गर्दा निजबाट बरामद भारु र नेरु ८ हजार नक्कली फेला परेपछि नियन्त्रणमा लिएको प्रनि राईले बताए ।
बरामद नक्कली भारु र नेरु बारेमा थप अनुसन्धान भइरहेको र सहनी प्रहरी नियन्त्रण रहेको उनले बताए । पक्राउ परेका सहनीबाट पाँच सय भारुका तीनवटा र २८६ थान सादा कागज तथा नेपाली ८ हजार नक्कली नोट बरामद भएको प्रनि राईले बताए ।




