सर्लाही । प्रहरीले सर्लाहीको बागमती नगरपालिका १० बाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंलगवा नगरपालिका १ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका ८ बस्ने वर्ष २४ को रञ्जित राम रहेका छन् ।
अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डब्लु ५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा आरोपीहरूको साथबाट ४ राउन्ड गोली बरामद गरेको हो ।
२१ वर्षीय पोसन महरा रामको साथबाट ८ एमएमको ४ राउन्ड गोली बरामद गरेपछि सोधपुछ गर्दा बागमती नगरपालिका ८ बस्ने रञ्जित रामको संलग्नता खुलेको थियो । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।




