वीरगंज । जिल्ला प्रहरी कार्यालय, बाराले ११ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगंजस्थित जंगल एरियामा गस्ती गर्ने क्रममा वासुदेव महतोलाई पक्राउ गरेको हो ।
जीतपुर सिमरा उपमनपा ८ बस्ने ५४ वर्षीय महतोलाई ११ किलो गाँजासहित पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ । पक्राउ परेका महतोलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।




