सिरहा । सिरहामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको बिहिबार साढे ३ बजेतिर हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेका हुन् । श्रीमान श्रीदेवलाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादमा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना बारे अनुसन्धान भइरहेको छ । योसँगै एकसाता भित्रै सिरहामा श्रीमानबाट तीन महिलाको हत्या भएको छ ।




