सर्लाही । सर्लाहीको मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ८ स्थित राजदेवी मन्दिर र मलंगवा नगरपालिका ९ स्थित झिलमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा मलंगवा ८ बस्ने ३३ वर्षीय राकेश बैठा पक्राउ परेका हुन् ।
बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ । उनले मंगलबार साँझ मन्दिर तोडफोड गरेको बताइएको छ । बैठालाई धर्म सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




