रौतहट । रौतहटको परोहा नगरपालिका ९ बस्ने शिव मनि ट्रान्सफरका संचालक २६ वर्षीय नितेश साह गोली प्रहारबाट शुक्रबार दिउँसो घाइते भएका छन् ।
घटनामा संलग्न भारत बिहार पुर्वी चम्पारण मोतिहारी दिपही २ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काउन्टरमा काम गरिरहेको अवस्थामा अपरिचित ३ जना व्यक्तिहरूले नितेश साहलाई गोली प्रहार गरी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै गोली प्रहारबाट घाइते भएका नितेशलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा थप उपचारको लागि वीरगंज रिफर गरिएको छ ।
उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान र बिआर ०६ सिएल ९७९६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




