धनुषा । जनकपुर उपमहानगरपालिका १० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित महोत्तरी औरही नगरपालिका ३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जनकुपरधामबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




