बारा । बाराको निजगढ नगरपालिका ७ लामो पुलस्थित सडकमा प्र २ ०३ ००१ ख ४०५९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




