रौतहट । रौतहटको दुर्गा भगवती वडा नम्बर ४ र ५ को बीच सडकमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
शुक्रबार राति दुर्गा भगवती गाउँपालिकाको कछुअवा पुलदेखि उत्तर विआर ३० डब्लु ३१५९ र विआर ३० जे ३०१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको हो ।
यमुनामाई गाउँपालिका वडा नम्बर ४ सरुअठाका ३५ वर्षिय कृष्णकुमार साह र सोही गाउँका ३६ वर्षिय राजु राय यादव घाइते भएका छन् ।
घाइतेहरुको गंगापिपरामा रहेको बागमती सेन्ट्रल हस्पिटलमा प्राथमिक उपचार पछि थप उपचारको लागि वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ ।




