महोत्तरी । महोत्तरीको लोहारपट्टी ४ स्थित साविक खुट्टा पिपराढी ६ मा १२ घरमा आगो लगाएर फरार व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउका ४० वर्षीय राकेश यादव रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
घरमा आगो सल्काउँदै गएपछि २०६१ सालमा पिपराढीका १२ घर पूर्ण जलेर नष्ट भएको थियो । २०७५ पुस १६ गते सर्वोच्चले आगलागी कसुर मुद्दाका प्रतिवादी यादवलाई दोषी ठहर गर्दै ७ वर्ष कैदको सजाय सुनाएको थियो ।
घटनापछि यादव फरार रहेका र गोप्य सूचना पछि यादवलाई नियन्त्रणमा लिन सफल भएको महोत्तरी प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि सोमबार जिल्ला अदालत महोत्तरीमा हाजिर गराइएको प्रहरीले जनाएको छ ।




