रौतहट । सशस्त्र प्रहरीको टोलीले जिवन मरणको दोसाँधमा परेका एक जना ट्याक्टर चालकको ज्यान बचाएको छ । रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले चालकको ज्यान बचाएको हो ।
राजपुर नगरपालिका २ फतुहा महेशपुर स्थीत हुलाकी राजमार्गमा आज अपरान्ह ४ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र-२-०३-००१ त ३८९ नम्बरको फलामे छड लोड गरेको ट्याक्टर अनियन्त्रित भई सडकको बाँया तर्फ खेतमा पल्टिएको थियो ।
दुर्घटनामा परी ट्याक्टरमा सवार दुर्गा भगवति गाउँपालिका ३ मतसरीका वर्ष ३० का विश्वनाथ पंडितको निधार र हात खुट्टामा सामान्य चोट पटक लागेको थियो ।
दुर्घटनामा ट्याक्टर भित्र च्यापिएको चालक सोही ठाउँका वर्ष ३५ को चालक मुकेश पंडितलाई सशस्त्र प्रहरीले राजपुर नगरपालिकाको जेसिविको मदतले उद्धार गरेको हो ।
चालक पण्डितको शरिरको सम्पुर्ण भागमा चोट पटक लाग्नुका साथै दुबै हात भाचिनुका साथै घाइतेलाई गम्भिर अवस्थामा उद्धार गरी थप उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईले बताए ।
उनीहरूलाई सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प फतुहाबाट असई सुवास थापाको कमाण्डमा ७ जना र ईलाका प्रहरी कार्यालय राजपुरबाट सई प्रमानन्द यादवको कमाण्डमा खटिएको ५ जनाको टोलीले उद्धार गरेको थियो ।




