सर्लाही । श्रीमतीलाई खुकुरी हानी हत्या गरेको आरोप लागेका बागमती नगरपालिका वडा नम्बर २ शितलनगरका एक वृद्ध कारागार चलान भएका छन् । कारगार चलान हुनेमा ६७ वर्षीय हेमबहादुर बस्नेत रहेका छन् ।
६४ वर्षीया श्रीमती विष्णु कुमारी बस्नेतलाई खुकुरी प्रहार गरेर हत्या गरेको उनीमाथि आरोप छ । गएको चैत २३ गते हत्या गरी फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । बस्नेतको खुकुरी प्रहारबाट श्रीमती विष्णुको विभिन्न भागका चोट लागेको थियो ।
खुकुरी प्रहारबाट घाइते उनको पछि मृत्यु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय सर्लाही मार्फत जिल्ला अदालतमा पेश गरेकोमा अदालतको हिजो १७ गतेको आदेशले बस्नेतलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।




