वीरगंज । वीरगंजको सीमावर्ती क्षेत्रबाट भारतीय प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । रक्सौलस्थित भारतीय एसएसबीले मितेरी पुलबाट पेस्तोलसहित नेपालको नवलपरासी गैंडाकोटका २५ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो ।
उनको साथबाट दुई थान पेस्तोल र दुई थान म्याग्जिन बरामद भएको बताइएको छ । सो घटनामा नवलपरासीकै विवेक मल्ल ठकुरी फरार भएको एसएसबीले जनाएको छ । बरामद दुवै पेस्तोल ९ एमएमका हुन् ।
तीमध्ये एक मेड इन युएसए र अर्को मेड इन इटली रहेको छ । एउटा पेस्तोलमा म्याग्जिन लोड थियो भने अर्कोमा थिएन । दुवै जना डङ्कन अस्पतालतर्फ भाग्ने क्रममा झाडीमा पेस्तोल र म्याग्जिन फालेको एसएसबीले बताएको छ ।




