सप्तरी । सप्तरीको खडक नगरपालिका ५ रंजितपुरस्थित सडकमा ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ । ना ८ ख २८१६ नम्बरको ट्रकको ठक्करबाट एक साइकलयात्री सोही नगरपालिका ५ खरचुइया बस्ने ६० वर्षीय मखन साहको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।




