वीरगज । जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एक जना फरार अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन लखनपुर गाविस ९ एकडर्वा हाल सखुवाप्रसौनी गापा ६ निवासी ५० वर्षीय विनोद भन्ने विनय यादव रहेका छन् ।
२०६३ साउन १२ लखनपुर निवासी रेखा महतो कम्कर हत्याको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले बताए ।
कम्करलाई बिहान १० बजे सोही गाउँ नजिकै रहेको गण्डक नहरको किनारामा यादवले गोली हानी हत्या गरी हालसम्म फरार रहेको प्रहरीको दाबी रहेको छ ।




