सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका १ मानपुस्थित सडकमा प्र २-०२-००१ त २२८० नम्बरको ट्याक्टरले किचेर धनकौल गाउँपालिका ३ हरकठवा बस्ने ३० वर्षीय सुरेश कुमार सिंहको शनिबार साँझ मृत्यु भएको छ ।
सोही सडकमा म प्र ०३-०३० प ९८५८ नम्बरको मोटरसाइकल र हाल अल्फाबेट नखुलेको १६४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएपश्चात मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जाँदै गरेको उक्त ट्याक्टरले म प्र ०३-०३० प ९८५८ नम्बरको मोटरसाइकल चालक सिंहलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।




