वीरगञ्ज । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वीचम्पारण रक्सौलका २९ वर्षीय बबलुराज रौनियार छन् । उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका १५ बाइपास सडक खण्डबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ५ लाख ९० हजार नेपाली रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दीपक भारतीले जानकारी दिए । भारतीका अनुसार पैदल हिँडिरहेका रौनियारले बोकेको कालो ब्यागमा उक्त रकम बरामद भएको हो । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




