रौतहट । रौतहटमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँएको छ । गरूडा नगरपालिका ५ महमदपुरस्थित सडकमा प्र ०२-०३-००१ स २९४९ नम्बरको अटो र बीआर ०५ एजेड २००८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको थियो ।
शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।




