रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एस्पी दिलीप घिमिरेको सक्रियतामा प्रहरीले मात्र ३० दिनभित्र ४१ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
फैसला कार्वान्यन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय रोकिएर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले पक्राउ गरेको हो ।
गत जेठ १ गतेदेखि ३० गतेसम्म पक्राउ परेका सबै जना फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ एसपिको रुपमा दिलीप घिमिरेले कमाण्ड सम्हालेदेखि एउटा छुट्टै अभियान सञ्चालन गरेर फरार प्रतिवादीलाई पक्राउ गरी कारवाही तथा फैसला कार्वान्यन गराउन तिब्रता दिइएको छ ।
त्यसैगरी एस्पी घिमिरेको सक्रियताले जिल्लामा आपराधिक क्रियाकलापमा कमी आउनुका साथै संस्थागत तस्करी समेत नियन्त्रण भएको स्थानीयहरूले बताएका छन् ।




