सिरहा । सिरहामा एक युवतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । आइतबार दिउँसो करिव साढे १२ बजेको समयमा उनको शव फेला परेको हो ।
सिरहाको बरियारपट्टी गाउँपालिका ३ शिवनगर स्थित रहेको सिसो मशालाको घारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा अन्दाजी २०/२५ वर्षकी युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कुमार सिंहको कमाण्डमा सो घटनाको सम्बन्धमा प्रहरी अनुसन्धान टोलीले घटनास्थलमा गएर हेर्दा युवतीको हत्या गरी मारेको देखिएको हो ।
प्रहरी निरीक्षक सिंहले शवको प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहाको शव गृहमा शव राखिएको जानकारी दिए ।
उनका अनुसार मृत अवस्थामा फेला परेकी युवतीको सनाखत हुन सकेको छैन् । युवती अन्य जिल्ला, प्रदेश र भारतको समेत हुन सक्ने जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




