सप्तरी । सप्तरीमा दुई बस आपसमा ठोक्किँएको छ । सप्तरीको कंचनरूप नगरपालिका ८ बेरियर चोकमा दुई बस एकआपसमा ठक्कर खाँदा एक जनाको निधन भएको छ । ना ५ ख ११७६ नम्बरको बस र मे १ ख १९९४ नम्बरको बस एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना भएको हो ।
दुर्घटना हुँदा मे १ ख १९९४ नम्बरको बसमा सवार सिराहा लहान नगरपालिका १९ बस्ने ३० वर्षीय प्रकाश चन्द्र सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




