सर्लाही । सर्लाही प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १५ बोहोरेडाँडा निवासी ५० वर्षीय रामलाल मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दी र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले सोमबार मोक्तानलाई घरबाटै पक्राउ गरेको हो । उनको साथबाट एक थान पेस्तोल बरामद गरिएको डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।




