बारा । बाराको निजगढ नगरपालिका ११ उन्नासी पुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूषको गएराति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ हुँदै प्रादेशिक अस्पताल कलैयामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।




