सर्लाही । सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया वृद्धाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट दुखिया देवीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
कौडेना गाउँपालिका २ स्थित सडकमा बीआर ०६ एभी ३१६० नम्बरको मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




