रौतहट । रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ ९ लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका २ औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आप बगैचामा फेला परेको हो । मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




