रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० बलुवामा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको निधन भएको छ । ना ६ त ८४४७ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।
ट्याक्टर दुर्घटना हुँदा चालक वृन्दावन नगरपालिका २ बस्ने २२ वर्षीय सरोज पटेलको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




