धनुषा । धनुषाको नगराईन नगरपालिका ३ बलहती पोखरी नजिक सडकमा ना ५ ख २८४० नम्बरको बसले प्रदेश २-०२-००१ प २४८७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुखियापट्टी मुसहरनिया गाउँपालिका १ बस्ने २५ वर्षीय दिपक साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको रामनन्द अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।




