वीरगंज । वीरगंज महानगरपालिका १६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोटसहित भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया ३ बस्ने २२ वर्षीय अजाद आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




