सर्लाही । बोलबल तीर्थयात्री बोकेका ट्याक्टर दुर्घटना हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । त्यस्तै, ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका ५ की अन्दाजी ५४ वर्षीया पतही देवी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी पतहीको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको हो । भारतको मढिया शिव मन्दिरमा जल चढाएर फर्किएका तीर्थयात्री सवार ट्याक्टर दुर्घटना भएको हो ।
चक्रघट्टा गाउँपालिका ८ औरही तर्फ आउँदै गरेको ज २ प ३२७ नम्बरको ट्याक्टर मलंगवा नगरपालिका १२ गम्हरिया छेउको नहरमा खसेको थियो । दुर्घटनामा घाइते भएकाहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।




