सप्तरी । सप्तरीमा आफ्नै घर अगाडी बसिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका १० जमुवास्थित सडकमा स २ प १७१८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पशुपति कान्त मण्डलको छोरा १८ वर्षीय ध्रुव मण्डलको सोमबार राति मृत्यु भएको हो ।
आफ्नै घर अगाडी बसिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।




