रौतहट । गुजरा नगरपालिका ९ स्थित सडकमा परसर्वाबाट सिमराभवानिपुरतर्फ जाँदै गरेको ना २८ प ७१५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका ८ भवानीपुर बस्ने ३८ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे ट्रमा सेन्टर अस्पताल हुँदै एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




